श्रीकाकुलम । शनिबार एकादशीका दिन श्रीकाकुलमस्थित काशीबुग्गा वेंकटेश्वर मन्दिरमा भएको भीडका कारण दुर्घटनामा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये ८ महिला र २ बालबालिका रहेका छन्। यस घटनामा २५ भन्दा बढी घाइते भएका छन् र उनीहरूको उपचार जारी रहेको छ।

स्थानीयहरूको भनाइअनुसार अत्यधिक भीडभाडका कारण मन्दिरको रेलिङ भत्किएको थियो, जसले भागदौडको स्थिति सिर्जना गर्यो। अधिकारीहरूले मृतकको संख्या बढ्ने सम्भावना रहेको बताए भने सरकारले तत्काल दुर्घटनाको छानबिन गर्न निर्देशन दिएको छ।

advertisement

घटनापछि मन्दिरका सिँढीमा धेरै महिला बेहोस भएका थिए। सार्वजनिक भएका भिडियोमा मानिसहरूको भीड, महिला, बालबालिका र वृद्ध–वृद्धा ठुलो भिडमा दबिएको दृश्य देखिन्छ। भीडमा दबिएका महिला र बालबालिकालाई उद्धार गर्न मानिसहरूले माथिबाट तल झरेर सहायता गरेको पनि देखिन्छ।

आन्ध्र प्रदेशकी गृहमन्त्री अनिताले मन्दिरमा सामान्य अवस्थामा हरेक हप्ता करिब १५००–२००० श्रद्धालु आउने जानकारी दिइन्। एकादशीका कारण आजको दिनमा श्रद्धालुको संख्या अत्यधिक बढेको थियो। मन्दिर पहिलो तलामा अवस्थित छ र माथि पुग्न २० वटा सिँढी छन्। भीडका कारण रेलिङ भत्किँदा भागदौड सिर्जना भएको अधिकारीहरूले बताएका छन्।

घटनाले श्रद्धालु व्यवस्थापन र भीड नियन्त्रणमा सुधारको आवश्यकतालाई पुनः प्रश्नमा ल्याएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com