एजेन्सी ।  दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताएका छन् । उनले मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भगदौड हुदाँ नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरू प्रति समवेदना व्यक्त गर्दैै घाइतेहरू सिग्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताएका छन् ।

advertisement

यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता–राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुदाँ कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भला भएका हजारौ भत्तहरुको बिचमा भागदौड मच्चिदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com