काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई पुनर्गठन गरी पूर्ण रूपमा एकीकृत बनाइने बताएका छन्।
शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी भएका खनालले पार्टी हाल टुक्रा भएको बताउँदै पार्टीलाई सिङ्गो बनाउन आवश्यक पहल भइरहेको जानकारी दिए। उनले स्पष्ट पारे, उचित वातावरण बनाइएमा नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति छैन।
तर, खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै भने, ‘घर फर्क’ भन्दै मात्र हुँदैन। फर्कनका लागि ढोका राम्रोसँग खोलिनुपर्छ र बस्ने ठाउँ समेत सुरक्षित र व्यवस्थित हुनुपर्छ।’
उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउने उद्देश्यले विभिन्न पक्षसँग छलफल र समन्वयमा जुटेका भएको पनि बताएका छन्।
खनालको यो अभिव्यक्तिले आगामी दिनमा वामपन्थी दलबीचको एकता र राजनीतिक रणनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया