काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको तेस्रो खेलमा नेपाललाई अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ।

यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो। ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो।

advertisement

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे। त्यस्तै करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए।

त्यस्तै आसिफ शेख, आरिफ शेख र गुल्सन झाले दोहो अंकमा रन बनाउन सकेनन्।

नन्दन यादवले १, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले १ रन बनाए।

अमेरिकाका हर्मित सिंहले सर्वाधिक ३ विकेट लिँदै बलिङ आक्रमणको नेतृत्व गरे। त्यस्तै नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २-२ विकेट हात पारेका थिए।

शुभम रन्जने र जस्दिप सिंहले १-१ विकेट प्राप्त गरे।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com