काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद स्टाटस लेखेर केहीबेरमै हटाएका छन्।
शाहले आफ्नो फेसबुक पेजमा अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए।
उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको थियो। तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए। उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया