काठमाडाैं । धरान, १६ कात्तिक -धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहको विवादास्पद स्टाटसप्रति संकेत गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
बालेनको ताजा स्टाटसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेका बेला मेयर साम्पाङले आफूले त्यस्तो शब्द प्रयोग गरेको भए के प्रतिक्रिया आउँथ्यो भनेर प्रश्न उठाएका छन्।
‘मन पर्ने मान्छेको पादै मिठो! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो!’ साम्पाङले लेखेका छन्, ‘मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला! अचेत जिन्दगीको जय होस्!’
उनको यो टिप्पणीले सामाजिक सञ्जालमा फेरि नयाँ बहस सुरु गरेको छ। धेरैले साम्पाङको अभिव्यक्तिलाई व्यंग्यात्मक ठानेका छन् भने केहीले बालेन र साम्पाङबीचको सार्वजनिक शैलीमा रहेको भिन्नता औंल्याएका छन्।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया