काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्।

शनिबार मध्यराति मेयर शाहले सामाजिक सञ्जालमा राजनीतिक दलहरू र विदेशी शक्तिलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरेको स्टाटस लेखेपछि नेता रिजालले गम्भीर आपत्ति जनाएका हुन्।

advertisement

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै रिजालले लेखेका छन्, “बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बन्दैछन्। नेपालमा गाँजा प्रतिबन्धित छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र अराजकता र मुठभेड बढ्नेछ।”

रिजालले मेयर बालेनलाई संघीय शासन र लोकतान्त्रिक प्रणालीविरुद्ध भड्काउने गतिविधिमा संलग्न रहेको आरोप समेत लगाएका छन्।

शनिबार राति बालेनले फेसबुकमा लेखेको स्टाटसमा अमेरिका, भारत, चीन र प्रमुख राजनीतिक दलहरू ,नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेका थिए।

विवाद बढेपछि उनले केही समयमै उक्त स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल बनेको छ र व्यापक आलोचना भइरहेको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com