काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पार्टी सचिवालय बैठक बहिष्कार गरेका छन्।

आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा शर्मा उपस्थित नभएको जानकारी पार्टीका प्रवक्ता अग्नि सापकोटाले दिएका छन्। उनका अनुसार, ‘शर्मा हिजोको बैठकमा आफ्नो धारणा राखेर बाहिरिनुभएको थियो, आजको बैठकमा आउनुभएन।’

advertisement

शनिबार बसेको बैठकमा शर्माले एकीकृत समाजवादीसँगको एकता तत्काल गर्न नहुने स्पष्ट मत राखेका थिए। उनले पार्टी पुनर्गठन, रूपान्तरण र नेतृत्व हस्तान्तरणका विषयलाई बेवास्ता गर्दै गरिने एकता ‘असमय र अव्यावहारिक’ हुने बताउँदै असहमति जनाएका थिए। उनले आफ्नो धारणा प्रस्तुत गरेपछि बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ।

आइतबार पुनः बसेको बैठकमा भने पार्टी एकताको संगठनात्मक स्वरूप, नीतिगत समायोजन र नयाँ दल दर्तासम्बन्धी विषयमा छलफल केन्द्रित भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

उनका अनुसार, ‘आजको बैठकमा समायोजन र वैचारिक दिशाबारे विस्तृत छलफल भयो। नयाँ दल दर्ता गर्ने प्रक्रियासम्बन्धी विषयमा पनि ध्यान दिइएको छ।’

बैठकले कात्तिक १८ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। सो बैठकमा पार्टी एकता, नीतिगत समायोजन र संगठन पुनर्गठनका प्रस्ताव अनुमोदनका लागि पेश गरिने जनाइएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com