काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहितको पार्टी एकता कात्तिक २० गते काठमाडौंमा औपचारिक रूपमा घोषणा हुने भएको छ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले एकता घोषणा कार्यक्रम यही मितिमा गर्ने निर्णय गरेको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए।

advertisement

सापकोटाका अनुसार, पार्टी एकतामा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल सहभागी हुनेछन्।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राखिने सहमति भएको छ। साथै राजनीतिक सिद्धान्तमा परिवर्तन गर्दै माओवाद हटाइने र मार्क्सवाद–लेनिनवादमात्र लागू रहने भएको छ।

एकता प्रक्रिया पूरा भएपछि सहभागी दलका नेताहरू निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गर्ने तयारीमा छन्। आयोगले फागुन २१ मा हुने निर्वाचनको लागि कात्तिक ३० भित्र दल दर्ताको प्रमाणपत्र लिन सकिने समय सीमा तोकेको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com