नैरोबी । भारी वर्षाका कारण आएको पहिरोले केन्याको पश्चिमी रिफ्ट भ्यालीमा ठूलो जनधन क्षति पुर्‍याएको छ। स्थानीय अधिकारीका अनुसार, पहिरोमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने हजारौं घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

गम्भीर रूपमा घाइते भएका २५ जनालाई एल्गेयो–माराक्वेट काउन्टीबाट हेलिकप्टरमार्फत एल्डोरेट सहरमा उपचारका लागि ल्याइएको छ। केन्याका आन्तरिक मामिलाका क्याबिनेट सचिव किपचुम्बा मुर्कोमेनले शनिबार माइक्रोब्लगिङ साइट एक्समा जारी विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन्। त्यस्तै, कम्तीमा ३० जना अझै बेपत्ता भएको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

advertisement

सेना र प्रहरीको सहयोगमा आइतबार उद्धार प्रयास पुनः सुरु हुने योजना छ। मुर्कोमेनले भने, ‘पीडितहरूलाई खाद्यान्न र गैरखाद्य राहत सामग्री वितरणको तयारी भइरहेको छ। सामान ढुवानीका लागि सैन्य तथा प्रहरी हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्।’

पहिरो प्रभावित क्षेत्रको हवाई तस्वीरहरू रेडक्रसले खिचेको छ, जसमा ठुलो भूभागमा बाढी र पहिरोको प्रभाव देख्न सकिन्छ। रेडक्रसले सरकारसँग उद्धारकार्यमा समन्वय गरिरहेको बताएको छ। बाढी र सडक अवरोधका कारण प्रभावित क्षेत्रहरूको पहुँच अझै कठिन रहेको पनि सामाजिक सञ्जाल एक्समा रेडक्रसले जनाएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com