काठमाडौं । काठमाडौंमा जारी जेन–जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुटपाटसँग जोडिएका एक व्यक्तिलाई पक्राउ गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार काभ्रेपलाञ्चोकको महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको हो। उनी हाल गोकर्णेश्वर–३ मा बस्दै आएका थिए।
लामाको झोलामा बन्दूकको बट र नाल फेला परेपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको हतियार काठमाडौं–७ लाहुरे टोलस्थित एक पसलमा लुकाइएको अवस्थामा भेटिएको बताइएको छ।
प्रहरीका अनुसार लामा यसअघि ज्यान मार्ने उद्योग अभियोगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका थिए। तर, हालैको आन्दोलनका बेला भागेर फरार भएका उनी पक्राउ परेका हुन्।
सीआईबीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार











प्रतिक्रिया