काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकतासम्बन्धी निर्णायक छलफल सुरु भएको छ ।

माओवादी केन्द्रको पेरिसडाँडा स्थित केन्द्रीय कार्यालयमा आज अपराह्नदेखि दुई शीर्ष नेताबीचको बैठक जारी छ । बैठकमा दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी रहेका छन् ।

advertisement

स्रोतका अनुसार आजको बैठकमा एकीकृत पार्टीको सांगठनिक ढाँचा, नेतृत्व तहको संयोजन र जिम्मेवारी बाँडफाँडबारे विस्तृत चर्चा भइरहेको छ ।

अध्यक्ष नेपाल सचिवालय बैठक सकेर नेता राजेन्द्र पाण्डे, बेदुराम भुसाल र प्रमेश हमालसहित पेरिसडाँडा पुगेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र केही साना वाम समूहबीच यही कात्तिक २० गते एकता घोषणा गर्ने तयारी भइरहेको छ । नयाँ दलको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भइसकेको छ ।

आजको छलफलले एकता घोषणापूर्वको अन्तिम तयारी र नेताको भूमिकाबारे टुंगो लगाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com