काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वाम घटकबीच आइतबार १८ बुँदे ऐतिहासिक सहमति भएको छ । उक्त सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार, नयाँ एकीकृत पार्टीको चुनाव चिन्ह पाँच कुने तारा रहनेछ । तर पार्टीको नाम भने अझै टुंगो लाग्न बाँकी छ ।

advertisement

सहमति पत्रमा नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहलगायतका नेताहरूले समेत हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार, नयाँ पार्टीको वैचारिक मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेलिनवाद हुने उल्लेख गरिएको छ । साथै, एकीकृत पार्टीको पूर्ण संरचना र नेतृत्व चयनका लागि आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिने पनि सहमति पत्रमा स्पष्ट गरिएको छ ।

यो सहमति वाम शक्तिहरूलाई एउटै राजनीतिक ध्रुवमा ल्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com