काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, तिनचुली सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ घर भई हाल तिनचुली बस्ने २८ वर्षीय उज्वल तामाङ रहेका छन्। तामाङलाई प्रदेश ३-०२-००१ प ४५६५ नम्बरको निलो रङ्गको २२० cc को मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो।

advertisement

मोटरसाइकलसहित नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com