भक्तपुर । नेकपा (माओवादी केन्द्र) सान्नी त्रिवेणी गाउँपालिकाका सह–इन्चार्ज भरत बिकका कान्छा छोरा, १३ वर्षीय दीपक बिक आज बिहानदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार उनी भक्तपुरस्थित कमलबिनायक पायपलाइन क्षेत्रबाट आज बिहान करिब ६ देखि ७ बजेको बीचमा हराएका हुन्।
परिवारले बालक दीपक हराएको खबर सार्वजनिक गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेको छ। स्थानीयवासी, सामाजिक संस्था र सुरक्षाकर्मीहरूलाई समेत बालकको खोजीमा सक्रिय हुन आग्रह गरिएको छ। बालक अन्तिम पटक घरबाट बाहिर निस्कँदा निलाे जिन्स, ह्वाइट र सि ग्रीन स्वटर र जुत्तामा थिए भन्ने परिवारले जनाएको छ।
दीपकको हराइपछि परिवार र नातेदारहरूले भक्तपुरका विभिन्न स्थानहरूमा खोजी कार्य सुरु गरेका छन्। उनीबारे कुनै जानकारी हुने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा परिवारका सदस्यलाई सिधा जानकारी गराउन अनुरोध गरिएको छ।
बिकले भने, ‘हामीले आफ्ना तर्फबाट खोजी जारी राखेका छौं, तर अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। कसैले देख्नु वा भेट्नु भएको छ भने कृपया नजिककाे प्रहरी कार्यालयमा जानकारी दिनुहोस्।’
जानकारीका लागि वा सहयोगका उद्देश्यले तलका फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ —
९८४४८८३७१९
९८५११५५६०२
९८४८३५९६०३

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया