काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा निरीक्षण गरेका छन् ।
बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा गएर उनले घरमा भएको क्षति र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति पौडेलको निवासमा आगजनी र तोडफोड भएको थियो।
निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले निर्वाह गरेको राष्ट्रिय जिम्मेवारीको प्रशंसा गरे। उनले भने, ‘जुन अवस्थामा देश पुगेको थियो, त्यस्तो विषम परिस्थितिबाट निकास दिन उहाँले खेलेको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। यसैगरी उहाँको निजी सम्पत्तिबारे राज्यले चासो राख्नु आवश्यक छ।’
त्यसैगरी, गृहमन्त्री अर्यालले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका छन्, जहाँ सुरक्षा व्यवस्थाका विवरण हेरेका र आवश्यक सुधारबारे सुझाव दिएका छन्।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया