धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी, पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन्।

advertisement

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका–३, मिलनचोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, पक्राउ परेका दुवैको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५०  रुपैयाँ बरामद गरिएको छ।

हरचित गुप्ताको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा पनि उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com