काठमाडौं । सरकारले गठनपछि गरेको समग्र कामको समीक्षा गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज उच्चस्तरीय बैठक बोलाएकी छिन्।
प्रधानमन्त्री कार्कीले मन्त्रीहरू, मुख्यसचिव तथा सबै मन्त्रालयका सचिवहरूलाई सहभागी गराई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे बैठक आयोजना गर्ने तयारी गरेकी हुन्।
प्रशासनिक स्रोतका अनुसार बैठकमा केही दिनअघि मन्त्रालयहरूबाट संकलित तत्काल कार्यान्वयनयोग्य कार्ययोजनाहरूबारे विस्तृत समीक्षा र छलफल हुनेछ। सरकार गठनपछि विभिन्न मन्त्रालयले अघि सारेका प्राथमिकता र योजनाको प्रगति मूल्यांकन गर्ने उद्देश्य बैठकको रहेको बताइन्छ।
समीक्षा बैठकपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्ने तयारी समेत भएको स्रोतले जानकारी दिएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया