काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगले बयानका लागि बोलाउन सक्ने सम्भावना भएकाले ती घटनाका बेला फिल्डमा खटिएका इन्चार्जहरूलाई काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।
प्रहरी मुख्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई पठाएको पत्रमा ती अधिकारीहरूलाई आवश्यक परे कुनै पनि समयमा आयोगमा उपस्थित गराउन सकिने गरी तयारी अवस्थामा राख्न भनिएको छ।
मुख्यालयका अनुसार उक्त निर्देशन विशेषतः ती क्षेत्रका इन्चार्जहरूलाई लक्षित गरिएको हो, जहाँ आन्दोलनका क्रममा सर्वाधिक क्षति भएको थियो। प्रहरी स्रोतका भनाइअनुसार, आयोगले छानबिन प्रक्रिया सुरु गरेपछि ती इन्चार्जहरूलाई प्रत्यक्ष बयानका लागि बोलाउने सम्भावना छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया