काठमाडौं । पार्टी एकताको दिशामा अघि बढेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष तीन नेताहरू आपसी छलफलमा बसेका छन् ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

advertisement

तीनै नेताहरू सोमबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेर पार्टी एकतापछि अगाडि बढ्ने रणनीतिबारे परामर्श गरिरहेका छन् ।

हिजो मात्रै माओवादी–समाजवादीसहित आठ वामपन्थी दलले एकता गर्ने निर्णय र १८ बुँदे सहमति सार्वजनिक गरेपछि आजको बैठकलाई ‘थप कार्यगत समन्वय र संगठनात्मक तयारीको छलफल’का रूपमा लिइएको हो ।

एकतापछि ‘तारा’ चुनाव चिन्ह तय गरिएको भए पनि नयाँ पार्टीको नाम भने अझै टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com