काठमाडौं । पार्टी एकताको दिशामा अघि बढेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष तीन नेताहरू आपसी छलफलमा बसेका छन् ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।
तीनै नेताहरू सोमबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेर पार्टी एकतापछि अगाडि बढ्ने रणनीतिबारे परामर्श गरिरहेका छन् ।
हिजो मात्रै माओवादी–समाजवादीसहित आठ वामपन्थी दलले एकता गर्ने निर्णय र १८ बुँदे सहमति सार्वजनिक गरेपछि आजको बैठकलाई ‘थप कार्यगत समन्वय र संगठनात्मक तयारीको छलफल’का रूपमा लिइएको हो ।
एकतापछि ‘तारा’ चुनाव चिन्ह तय गरिएको भए पनि नयाँ पार्टीको नाम भने अझै टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया