काठमाडाैं ।  आइसिसी विश्वकप लिग-२ अन्तर्गत दुबईमा जारी त्रिकोणात्मक सिरिजमा अमेरिकाले युएईमाथि २४३ रनको सानदार जित दर्ता गरेको छ।

२९३ रनको लक्ष्य पछ्याउँदै युएई २२.१ ओभरमा मात्र ४९ रनमा अलआउट भयो। जुनइद सिद्धिकीले १० रन बनाए भने अन्य कुनै ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। अमेरिकाका रुशील उगारकरले ५ र सौरभ नेत्रभाल्करले ३ विकेट लिए।

advertisement

पहिले ब्याटिङ गर्दै अमेरिकाले ३ विकेट गुमाएर २९२ रन बनाएको थियो। सइतेजा मुकामल्ला (नटआउट १३७) र मिलिन्द कुमार (नटआउट १२३) बीच चौथो विकेटका लागि अविजित २६४ रनको साझेदारी भयो-यो एकदिवसीय खेलमा चौथो विकेटका लागि दोस्रो ठूलो साझेदारी हो।

यससँगै अमेरिकाले सिरिजका चारै खेल जित्दै २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थान कायम गरेको छ। युएईको ८ अंक र नेपालको १२ अंक छन्। अब नेपाल र युएईबीच अन्तिम खेल बुधबार हुनेछ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com