काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र गरेको छ ।

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत आठ वटा वामपन्थी दलहरूबीच एकता घोषणा गरिनेछ ।

advertisement

सबै दलको सहभागितामा सोही दिन एकता राष्ट्रिय सम्मेलनमार्फत एकीकृत पार्टी घोषणा गरिनेछ ।

सोही सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायतका कार्यहरू गरिने एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com