काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ मन्त्रालयसहित तीनवटा जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्ने भनाइ अस्वीकार गरेका छन्।

राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।

advertisement

उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु ।’

घिसिङले हालको अन्तरिम सरकार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको स्मरण गराउँदै जनताको आशा र विश्वास पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

उनले भने, ‘तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com