काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको सहमतिलाई व्यङ्ग्य गर्दै ‘कुकुर–बिरालोको गठबन्धन’ भनेर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रचण्ड, माधवकुमार नेपाललगायत सात–आठ दलबीच हुने भनिएको एकतालाई विभिन्न प्रजातिका जनावरको मिलनसँग तुलना गरेका छन् ।
‘प्रचण्ड, माधव नेपाललगायतका ७–८ वटा दल अहिले एकताको कुरा गरिरहेका छन्,’ बस्नेतले लेखेका छन्, ‘यो अवस्थालाई बुझ्न हिन्दीको एउटा भनाइ पर्याप्त छ— “अगर एक ही घाट पर कुत्ता, बिल्ली, घोड़े, हाथी, गधे, लोमड़ी सब एकसाथ पानी पी रहे हैं, तो समझ लेना कि दूसरे घाट पर शेर अकेला खड़ा है।’
अन्त्यमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै थपेका छन्, ‘शेर को हो भन्ने कुरा तपाईंहरूले आफैं बुझ्न सक्नुहुन्छ।’

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया