काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको एकल निर्णय र नीतिगत विचलनका कारण पार्टी विभाजित भएको बताउँदै उनले ‘एकीकृत समाजवादी’ विलय नभई पुनः सशक्त रूपमा उभिने स्पष्ट संकेत दिएका छन् ।

नेता खनालले सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकहरूलाई कुनै अन्य पार्टीमा नजाने र स्वाभिमानका साथ पार्टी पुनःनिर्माणमा जुट्न आग्रह गरे । उनका अनुसार नेपाली जनताको साझा आकांक्षा नेपाली पहिचान, विशेषता र आत्मसम्मानसहितको सुन्दर र स्वतन्त्र नेपाल निर्माण गर्नु हो, त्यसैले अबको प्राथमिकता त्यही दिशामा केन्द्रित हुनुपर्छ ।

advertisement

इतिहासलाई स्मरण गर्दै खनालले मालेबाट एमाले र त्यसपछि समाजवादी पार्टीसम्मको यात्राले जनआकांक्षा प्रतिनिधित्व गरेको उल्लेख गरे । उनले भने, ‘अब हामी समाजवादी आन्दोलनको क्रान्तिकारी धारा पुनःजागृत गर्दै नयाँ दिशानिर्देश, नीति र सिद्धान्तका साथ नयाँ पार्टी निर्माणतर्फ अघि बढ्नेछौँ।’

उनले अर्को कुनै दलसँग विलय हुने कुरा असत्य भएको दोहोर्‍याउँदै सबै कार्यकर्तालाई आत्मगौरवका साथ संगठन पुनःनिर्माणमा लाग्न आह्वान गरे ।

खनालले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशअनुसार नयाँ विचार, दिशा र दृष्टिकोणका साथ आधुनिक समाजवादी पार्टी निर्माणमा आफूहरू जुट्ने घोषणा गरे ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com