काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आज पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। भेला बालुवाटारस्थित नेपाल हाउसमा मध्याह्न १२:३० बजे सुरु हुने भनिएको छ।

महामन्त्री राणाले पार्टीको नियमित महाधिवेशन मंसिर १७ भित्र सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने समय मंसिर मसान्तसम्म लम्ब्याइसकेको बताएका छन्। आगामी केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल हुने उनले जानकारी दिएका छन्।

advertisement

अध्यक्ष लिङ्देनले कात्तिक २७ र २८ गते केन्द्रीय समिति बैठक आह्वान गरिसकेका छन्। गत माघमा बसेको केन्द्रीय समिति बैठकपछि अहिलेसम्म कुनै बैठक हुन सकेको छैन। सो माघको बैठकमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनको आलोचना गर्दै ६ पृष्ठको छुट्टै राजनीतिक प्रतिवेदन पनि पेश गरेका थिए।

राप्रपाले २०७८ मंसिरमा महाधिवेशन सम्पन्न गरेकोले यस वर्ष मंसिर १८ गते नियमित कार्यकाल सकिने छ। तर पार्टीले विशेष परिस्थितिको आधारमा विगतमा कार्यकाल एक वर्ष थप गर्दै महाधिवेशन पाँच वर्षमा गर्ने परम्परा अपनाउँदै आएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com