काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएकाे छ । यसअघि सुनको मुल्य ताेलामा २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम भएकाे थियो ।
यस्तै, चाँदीकाे मुल्य तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया