काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै ‘वाम प्रगतिशील ध्रुवीकरण’ अभियानको औपचारिक घोषणा गर्न लागेका छन्। उनले बखुण्डोलस्थित सत्कार क्याफेमा यो अभियान सार्वजनिक गर्ने तयारी गरेका छन्।

पार्टी नेतृत्वको हालको एकता पहलप्रति असन्तुष्ट रहेका शर्माले नयाँ राजनीतिक दिशा तय गर्ने उद्देश्यले यो कदम चालेका हुन्। केही समयअघि माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सहित नौ वटा दलसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। यस निर्णयपछि शर्माले पार्टीभित्र खुलेर असन्तोष व्यक्त गर्दै पुनर्गठनको आवाज उठाएका थिए।

advertisement

शर्माले यसअघि सचिवालय बैठकमा पनि पार्टी एकता गलत निर्णय भएको भन्दै आफ्नो असहमति स्पष्ट गरेका थिए। त्यसयता उनले बारम्बार माओवादी केन्द्रलाई ‘वास्तविक वाम मार्गमा फर्कनु आवश्यक’ रहेको बताउँदै आएका छन्।

उनको यो अभियानले पार्टीभित्रको राजनीतिक दिशा र एकता प्रक्रियामा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com