काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४७ वर्षअघि भएको नकबजनी चोरी मुद्दामा फरार रहेका लाल बहादुर रानालाई पक्राउ गरी जेल चलान गरिएकाे छ ।
विज्ञप्ति अनुसार, स्याङ्जा, हाल गल्याङ नगरपालिका वडा नं. ७, कलेरी बस्ने लाल बहादुर रानाले २०३५/०२/१५ गते रातिको समयमा घरबाट सुनका गहना र रेडियो चोरी गरेको घटनामा संलग्न थिए। उक्त मुद्दा जिल्ला अदालत स्याङ्जाबाट २०४५/०८/१६ गते फैसला भई फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय वालिङबाट विशेष अप्रेसन टोलीले २०८२/०७/१७ गते पक्राउ गरी जेल चलान गरिएको हो।
पक्राउ परेका रानालाई एक महिनाको जेल सजाय र १५ दिन जरिवानासहित कूल रु. ४,५०० जरिवाना भुक्तान गर्न आदेश दिइएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया