काठमाडौं । सर्वोच्च अदालतले भदौ २४ गते भएको तोडफोड र आगजनी छानविन गरी दोषीमाथि कारबाहीको माग गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्चमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट सर्वोच्चको भवन र ठूलो संख्यामा मिसिलहरु जेलर नष्ट भएको छ ।

सर्वोच्चले घटनाको सम्बन्धमा छानविनसहित दोषी पहिचान गरी कारबाहीको माग गरेको छ । किटानी जाहेरी भने कसैको नाममा पनि परेको छैन । सर्वोच्चले सो घटनाको सन्दर्भमा जाहेरी दिएपछि अन्य मातहतका अदालतले पनि जाहेरी दिने तयारी थालेका छन् ।

advertisement

भदौ २४ गतेको आन्दोलनमा सर्वोच्चसहित काठमाडौं जिल्ला अदालत, बाँके जिल्ला अदालत, रूपन्देही जिल्ला अदालत, विशेष अदालत, चितवन जिल्ला अदालतलगायतमा आगजनी र क्षति भएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com