काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई भविष्यमा नेकपा एमालेको नेतृत्वमा देख्न सकिने संकेत दिएकी छन्। मंगलबार उनी जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रतिलिपि लिन गईन् र त्यहाँ उपस्थित पत्रकारको प्रश्नको उत्तर दिँदै यस्तो जानकारी दिइन्।

पत्रकारले उनलाई सोधेका थिए, ‘एमाले नेतृत्वमा तपाईंलाई देख्न पाइन्छ कि पाइँदैन?’ जसको जवाफमा भण्डारीले भनिन्, पाउनुहुन्छ। म आइराखेको छु।

advertisement

तर पार्टी सदस्यता विवादबारे भने भण्डारीले टिप्पणी गर्न चाहिनन्। उनले भनिन्, यस विषयमा कुरा नगरौँ। त्यो नेकपा एमालेको आन्तरिक मामिला हो। पार्टीले के गर्दैछ, त्यसको पछिल्लो अवस्था मलाई थाहा भएन। नेकपा मालेसँग हामीले सदस्यता लिनु २०३५/३६ सालको विद्यार्थी आन्दोलनदेखि सुरु भएको हो र ०४६ सालभन्दा पहिले नै हामी सदस्य भइसकेका थियौं। अब प्राविधिक कठिनाइ आए पनि त्यो प्रक्रिया जारी छ।

पूर्व राष्ट्रपति भण्डारीको यो अभिव्यक्तिले एमालेभित्रको नेतृत्व र राजनीतिक भूमिकामा उनको सक्रियता र सम्भावित भविष्यको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com