काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापालाई आफ्नो व्यवहार र कार्यशैलीमा तत्काल सुधार ल्याउन कडा चेतावनी दिएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै सिटौलाले फेसबुकमार्फत् नेतामाथि टिप्पणी गर्ने प्रवृत्ति रोक्न आग्रह गरे । उनले भने, ‘नेतालाई गालीगलौज गर्ने सचिवालय चलाउनु पार्टी अनुशासनविपरीत छ, यस्तो गतिविधि तुरुन्त बन्द हुनुपर्छ ।’

advertisement

पूर्वमहामन्त्री सिटौलाले पार्टीको विधानअनुसार फेसबुकमार्फत् सभापति छान्ने व्यवस्था नरहेको उल्लेख गर्दै भने, ‘सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजिएको हो ? यस्तो अभ्यासले संगठनलाई कमजोर बनाउँछ ।’

उनले नेताहरूबीचको असहमति सामाजिक सञ्जालमा होइन, पार्टीको आधिकारिक मञ्चमा खुला रूपमा छलफल गर्नुपर्नेमा जोड दिँदै थापालाई भने, ‘तपाईंको धारणा बैठकमै राख्नुस्, फेसबुकमा होइन ।’

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com