काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० ले घटेको छ।जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा ३ हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९९० रूपैयाँमा काराेबार भएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया