पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी रहेका छन् ।
वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनअनुसार सहकारीमा झण्डै ८९ करोड रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा संस्थाका पदाधिकारी, व्यवस्थापक र केही कर्मचारी मिलेर व्यक्तिगत स्वार्थका लागि सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
सहकारीको कार्यसमिति, पूर्वपदाधिकारी र सञ्चालकहरूले नै व्यक्तिगत लाभको लागि रकम हिनामिनामा संलग्न रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया