काठमाडौं । चर्चित फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी ७१ वर्षीया आमा अमृता बस्नेतकाे बुधबार बिहान ११:४३ मा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार, उनी विगत दुई महिनादेखि निमोनियाबाट पीडित थिइन् र चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिइन्। साथै, उनी १५ वर्षदेखि मिर्गौला डायलासिसमा समेत निर्भर थिइन्।
उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा हुने जानकारी दिइएको छ। अमृता बस्नेतका दुई छोरी र एक छोरा छन्। उनका छोरा निश्चल बस्नेत चर्चित फिल्म निर्देशक हुन् भने बुहारी स्वस्तिमा खड्का नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन्।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया