काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले नेपाली क्रान्तिका नायक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताएका छन्।

बुधबार भृकुटिमण्डपमा आयोजित १० दलबीचको एकता घोषणा सभामा बोल्दै यादवले मुलुकको निकास निकाल्नेमा प्रचण्डप्रति पूर्ण विश्वास व्यक्त गरे। उनले भने, ‘क्रान्तिको नायक प्रचण्ड हुन्। मैले माओवादीको चुनाव चिन्हमा चुनाव लडेँ। जेनजी आन्दोलनमा म प्रचण्ड र माधवसँगै थिएँ। मैले एमाले र कांग्रेस देखिनँ, मैले प्रचण्ड र माधवलाई मात्र देखेँ। उहाँहरूले बिहान चार बजेसम्म सक्रिय भएर निकास दिनुभयो। उहाँको काँधमा धेरै जिम्मेवारी छ, तर यो निकास निकाल्ने विश्वास मलाई छ।’

advertisement

यादवले नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो चुनौती आन्तरिक लोकतन्त्रको कमजोर अवस्था भएको उल्लेख गर्दै, पार्टी एकतापछि आन्तरिक लोकतन्त्र बलियो बनाउने र विभेद अन्त्य हुनेमा विश्वास व्यक्त गरे। उनले प्रचण्डले माओवादी त्यागेमा खुशी व्यक्त गरेको पनि बताए।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com