काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले वार्ताका लागि पुन: आह्वान गरेको छ। यसअघि विज्ञप्तिमार्फत वार्तामा बोलाएको सरकारले मंगलबार भने प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमै पुगेर पत्र बुझाएको हो।

गृहमन्त्रालयले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले नागरिक बचाउ महाअभियानको भक्तपुरस्थित कार्यालय पुगेर केन्द्रीय प्रवक्ता माधव कल्पितलाई बुझाएका हुन्।

advertisement

हाल प्रसाईं देशबाहिर रहेको भन्दै उनी फर्किएपछि केन्द्रीय समितिको बैठक बसेर वार्ताका विषयमा अवधारणा सार्वजनिक गर्ने कल्पितले बताएका छन्।

प्रसाईंले आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। आन्दोलन घोषणा गरेका प्रसाईं भने हाल दिल्लीमा छन्। महाअभियानका प्रवक्ता कल्पितका अनुसार गृहमन्त्रालयले कात्तिक २६ गते बिहान १० बजे लागि वार्तामा बोलाएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com