काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ ज्वाला संग्रौलाले सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको लोकप्रियता झनै बढेको दाबी गरेकी छन् ।

उनका अनुसार सिंहदरबारमा बयान दिएपछि लामिछानेप्रतिको जनसमर्थन थप बलियो बनेको छ । संग्रौलाले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘रवि लामिछानेको क्रेज अझै चुलिएको छ । उनलाई केही गर्नै पर्दैन — जेलबाट निस्केर जनताको बीच उभिएर हात हल्लाउँदा मात्र पनि भ्रष्टहरूको मुटुमा खतराको घण्टी बज्न थाल्छ ।’

उनले लामिछानेको सुनुवाइ आज तय भएको उल्लेख गर्दै न्याय दिलाउन सर्वसाधारणको साथ आवश्यक रहेको बताएकी छन् । उनको भनिन्, ‘आज रवि दाइको सुनुवाइ हुँदैछ । दाइले न्याय पाएर सडकमा निस्केर हातको एक इसाराले भ्रष्टहरूलाई तर्साएको दृश्य देख्न चाहनेहरूले एक लाइक, एक कमेन्ट र एक सेयर गर्नुस्।’

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com