काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मुल्य २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
यस्तै, चाँदीको मुल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया