काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार चपलीस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निजी निवासमा पुगेर निरीक्षण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भण्डारीको घरको अवस्थाबारे जानकारी लिन गृहमन्त्री अर्याल स्वयम् स्थलमा पुगेका हुन् । उनले सो अवसरमा क्षतिको विवरण संकलन गर्दै आवश्यक सुरक्षात्मक तथा पुनःस्थापना उपायबारे सम्बन्धित अधिकारीसँग निर्देशनसमेत दिएका थिए ।

advertisement

निरीक्षणपछि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गरी हालको राजनीतिक अवस्था र आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे समेत कुराकानी गरेका छन् ।

यसअघि गृहमन्त्री अर्यालले बोहोराटारस्थित वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको निवासको सुरक्षा व्यवस्थाको पनि निरीक्षण गरेका थिए । त्यस्तै उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेट गरेर हालको सुरक्षा परिस्थिति र राष्ट्रिय राजनीतिक विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com