काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
बिहीबार बिहान भंगालस्थित जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको भण्डारीको निवास पुगेर निरीक्षण र भेटवार्ता गरेका हुन्। भेटमा पछिल्लो राजनीतिक परिस्थिति, समसामयिक विषय तथा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल भएको जनाइएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भण्डारीको निवासमा आगजनी र क्षति पुगेको थियो। गृहमन्त्री अर्यालले सो घटनास्थलको निरीक्षण समेत गरेर आवश्यक विवरण संकलन गरेका थिए।
यसअघि उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरी राजनीतिक अवस्था र सुरक्षा व्यवस्थाका विषयमा छलफल गरेका थिए।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया