काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

बिहीबार बिहान भंगालस्थित जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको भण्डारीको निवास पुगेर निरीक्षण र भेटवार्ता गरेका हुन्। भेटमा पछिल्लो राजनीतिक परिस्थिति, समसामयिक विषय तथा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल भएको जनाइएको छ।

advertisement

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भण्डारीको निवासमा आगजनी र क्षति पुगेको थियो। गृहमन्त्री अर्यालले सो घटनास्थलको निरीक्षण समेत गरेर आवश्यक विवरण संकलन गरेका थिए।

यसअघि उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरी राजनीतिक अवस्था र सुरक्षा व्यवस्थाका विषयमा छलफल गरेका थिए।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com