बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसम्बन्धी मुद्दाको फाइल उच्च अदालत बुटवलले माग गरेको छ।

न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतबाट सो मुद्दासम्बन्धी सम्पूर्ण मिसिल (फाइल) झिकाउन आदेश दिएको हो।

advertisement

जिल्ला अदालतले पठाउने फाइल अध्ययनपछि लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ हुने भएको छ। उनले आफ्नो नाममा हुनसक्ने बिगो बराबरको रकम अदालतमा जम्मा गरी थुनामुक्त हुने अनुमति दिन माग गरेका छन्।

अदालतले फाइल प्राप्त भएपछि उक्त निवेदनबारे निर्णय गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com