काठमाडौं । नेपाली कांग्रेसले हिमपहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले आज एक विज्ञप्ती जारी गरी हिमपहिरोमा परि उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र वेपत्ता भएकाको तत्काल खोजी गर्न माग गरेका हुन् ।

advertisement

कांग्रेसले प्रतिकुल मौसमका कारण हालै नेपालका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी निधन भएका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै, घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रबन्ध गर्न कांग्रेसले सरकारलाई अनुरोध गरेको छ ।

  • रासस

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com