नवलपुर । नवलपुर जिल्लाका किसानहरूले उखुको बक्यौता भुक्तानीको मागसहित सोभित हलुवाइको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकार तथा सम्बन्धित मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रतापपुर गाउँपालिकाले भुक्तानीको जिम्मा लिएको इन्दिरा मिलले कृषकको रकम लामो समयदेखी भुक्तानी नगरेको हो। जसमा गाउँपालिकाले समयमै बक्यौता रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपनी रकम उपलब्ध गराएको छैन। गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव उखु उत्पादक संघका जिल्ला अध्यक्ष समेत हुन्। तर तिनै उमेशचन्द्र यादव बाट उखु किसान पिडित छन्।

advertisement

‘स्वाभिमानी युवा तथा नागरिक समाज, नवलपरासी’का तर्फ बाट प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाएको भन्दै तत्काल बक्यौता रकम उपलब्ध गराउन माग गरिएको छ।

नवलपुर जिल्लामा उखु उत्पादक किसानहरूले लामो समयदेखि उखु बिक्री गरेबापतको रकम नपाएको र त्यसले किसानहरू आर्थिक संकटमा परेका कारण तत्काल रकम उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com