काठमाडौं । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ। काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्सको छपाइ थालिने विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए।

विभागले पहिलो चरणमा दैनिक ५ सय वटा लाइसेन्स छाप्ने तयारी गरेको छ। ढुंगानाका अनुसार जम्मा १२ लाखप्रति लाइसेन्स छापिनेछ। छपाइको सुरुवात शुक्रबार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय भएको छ।

advertisement

अहिले छपाइ भएका लाइसेन्स प्रक्रिया पूरा गरेर ६ महिनाभित्रै वितरणको तयारी भइरहेको सुरक्षण मुद्रण विभागले जनाएको छ।

गएको ९ जेठमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणबीच बाँकी लाइसेन्स छाप्ने समझदारी भएको थियो।

सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ। यसपटकको छपाइ यसअघि यातायात व्यवस्था विभागले छापेको भन्दा प्रति लाइसेन्समै एक सय रुपैयाँ सस्तो पर्ने बताइएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com