काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति पुनः तीव्र आक्रोश प्रकट गरेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षणका नाममा गृहमन्त्री पुगेको घटनाप्रति असन्तुष्टि जनाउँदै गुरुङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्, ‘खोई त सहिद र घाइतेहरूका घरमा पनि यस्तै गरी पुग्ने जिम्मेवारी बोध? कसैको ज्यान गयो, कसैको खुट्टा गयो, कतिपय बालबालिका टुहुरा बने, कोही पक्षाघातग्रस्त भए — तर तीप्रति संवेदना देखाउने कोही छैन।’
गृहमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै गुरुङले थप लेखेका छन्, ‘खोई लाज? खोई नैतिकता? खोई निष्ठा?’
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया