काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा तीन दशकदेखि अधर्मी कम्युनिष्टहरूले शासन गर्दै आएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत् विचार व्यक्त गर्दै उनले सनातन धर्म, संस्कृति र परम्परामाथि व्यापक आक्रमण भइरहेको दाबी गरेका छन्। थापाले धर्मपरिवर्तनका घटनाले सामाजिक सद्भाव र एकता कमजोर बनाएको भन्दै चिन्ता प्रकट गरेका छन्।
उनका अनुसार समाजमा अधर्म, व्यभिचार र अनैतिकता हावी भएको छ। उनले प्रश्न उठाउँदै लेखेका छन्, ‘के अब पनि हामीले नचेत्ने हो?’

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया