काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सहभागी नभएका नेताहरूले पार्टीको नाम, झण्डा र चुनाव चिन्हमा अधिकार दाबी गर्न निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

सुदन किरातीको नेतृत्वमा रहेका नेताहरू आज आयोग पुग्ने तयारीमा छन् । उनीहरूले ‘सहिद सन्तति फाउन्डेसन’ र सहिद परिवारका प्रतिनिधिहरूसहित उपस्थित भएर माओवादी केन्द्रको नाम र हँसिया–हथौडाको चुनाव चिन्हमा औपचारिक दाबी गर्ने जनाइएको छ ।

advertisement

यससँगै माओवादी आन्दोलनबाट उदाएका नेताहरूबीच पुनः संगठनात्मक दाबी–विवाद तीव्र बन्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com