काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जेन–जी आन्दोलनले अघि सारेको सुशासन, विकास र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने आकांक्षा पूरा गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन्।

प्रहरी प्रभाग नयाँबसपार्कको नयाँ भवन पुनर्निर्माण तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै एआइजी कार्कीले भने, जेन–जी आन्दोलनको भावना केवल आन्दोलनकारीहरूको होइन, सम्पूर्ण नेपाली जनताको चाहना हो। त्यसलाई मूर्त रूप दिन प्रहरी संस्थाले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नेछ।

advertisement

उनका अनुसार गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षा दृष्टिले अति संवेदनशील मानिन्छ। दैनिक आठदेखि १० हजार मानिसहरूको आवतजावत हुने यस क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी मात्र होइन, स्थानीय नागरिकको सक्रिय सहकार्य पनि आवश्यक रहेको उनले बताए। जहाँ भीड बढी हुन्छ, त्यहाँ अपराधको सम्भावना पनि उच्च हुन्छ, त्यसैले प्रहरी–नागरिक सहकार्य अपरिहार्य छ, उनले जोड दिए।

एआइजी कार्कीले जेन–जी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति पुगेको स्मरण गर्दै अहिलेसम्म १८० भवन नागरिक र समुदायको सहयोगमा पुनर्निर्माण भइसकेको जानकारी दिए। उनले नयाँ संरचनाबाट प्रहरीहरू उच्च मनोबलका साथ सेवामा खटिने विश्वास व्यक्त गरे।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदायको सक्रियतामा बनेको प्रहरी भवनले प्रहरी र जनताको सम्बन्ध अझ सुदृढ बनाउने बताए।

कार्यक्रममा नयाँबसपार्क प्रहरी प्रभागको पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न संघ–संस्था र स्थानीय अभियन्ताहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com