काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि चौतर्फी आक्रमण हुनुको मूल कारण उनको राष्ट्रवादी दृष्टिकोण भएको दाबी गरेका छन्।

मोदी गाउँपालिकाको गाउँ कमिटी बैठकलाई सम्बोधन गर्दै गिरीले भने, प्रधानमन्त्री रहँदा पनि राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट रूपमा उत्रँदा ओलीमाथि आन्तरिक र बाह्य दुवै शक्तिबाट विरोध भइरहेको छ। भारत, चीन र अमेरिका समेत सन्तुष्ट छैनन् भने आन्तरिक शक्तिहरूले पनि उनको विरोध गरेका छन्।

उमेर समूहका युवा वर्गले आफ्नो जायज माग राख्दा देशमा अराजकता सिर्जना गर्ने शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएको आरोप गिरीले लगाए। उनले देशको सही राजनीतिक निकास दिने निर्णायक शक्ति एमाले नै रहेको बताएका छन्।

गिरीले देशमा जारी कुशासनको अन्त्य आवश्यक रहेको उल्लेख गर्दै भने, सुशासनको पक्षमा उठेको आन्दोलनलाई जबरजस्ती मोडिएको छ। भ्रष्टाचारमुक्त समाजको मागमा युवा पुस्ताले उठाएको आवाजमा एमालेको पूर्ण समर्थन छ। अब सबै मिलेर देशलाई भ्रष्टाचारमुक्त बनाउने दिशामा अघि बढ्नुपर्छ।

उनले आन्तरिक सुधार र सुशासन स्थापित गर्न एमालेको नेतृत्व निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com